|

पर्वतः पर्वतको दक्षिण क्षेत्रमा पर्ने र विकट मानिएको महाशिला गाँउपालिकाका प्रत्येक वडामा अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सुरु भएको छ। 

गाउँपालिकातका छवटै वडा कार्यालयमा आउने सेवाग्राहीका व्यक्तिगत घटना अनलाइनमार्फत दर्ता गर्न थालिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए। उनले भने, ‘कागजी प्रक्रियामा घटना दर्ता गर्दा समयको वचत नहुने तथा दीर्घकालीन रेकर्ड राख्नसमेत अप्ठ्यारो पर्ने हुँदाँ गाउँपालिकाका छवटै वडामा कम्प्युटरसहितको इन्टरनेट जडान गरेका छौँ।’ 

अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्दा समयको वचत हुने, दीर्घकालीन रेकर्डका साथै रजिष्टरहरूमा डाटा राख्ने झन्झटबाट छुटकारा पाइने वडा सचिवहरूले बताएका छन्। प्रत्येक वडा कार्यालयमा अनलाइन सफ्टवेयरमार्फत रेकर्ड राख्ने काम भइरहेको वडा नं. ५ का वडा अध्यक्ष जीवन ठकुरीले जानकारी दिए। 

ईन्टरनेटको विस्तारसँगै गाउँपालिकाको पत्राचार गर्नेलगायतका सबै विषय अब ईमेलमार्फत हुने पनि गाउँपालिका प्रमुख पौडेलको भनाइ छ। 

राज्यबाट पाइने सुविधा प्रयोगका लागि व्यक्तिगत घटना अनिवार्य रूपमा दर्ता गर्नुपर्ने प्रावधान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.