|

रुकुम : नेकपा माओबादी केन्द्र रुकुमले आगामी निर्वाचनका लागि लागि उम्मेदवारहरुकेन्द्रमा सिफारिस गरेको छ। सदरमुकाम मुसीकोटमा बसेको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारमा गृहमन्त्री जनार्दन शर्मालाई सर्वसम्मतले सिफारिस गरेको छ।

त्यस्तै प्रदेश सभामा क्षेत्र नं. २ बाट जिल्ला पार्टी संयोजक गोपाल शर्मालाई गरेको छ भने क्षेत्र नं. १ बाट भने ८ जनाको नाम सिफारिस गरिएको नेकपा माओबादी केन्द्र रुकुमले जनाएको छ। जसमा बिमला केसी, महेन्द्र केसी, रातो कामी, अनिल शर्मा, वुद्धिप्रसाद शर्मा, वसन्त शर्मा, कलबहादुर नाथ र जयबहादुर पाण्डेलाई सिफारिस गरिएको छ। प्रतिनिधि सभाको लागि समानुपातिक तर्फ निमबहादुर बुढाथोकी, मिलन खड्का, पहलसिंह घर्ती, दीपेन्द्र विक, लक्ष्मी शर्मा र लुम्बिनी गौतमको नाम सिफारिसमा परेको छ।

 त्यस्तै प्रदेश सभाको लागि समानुपातिकतर्फ पुष्प वादी, लक्ष्मी पुन, मीनबहादुर ओली, गणेशकुमार केसी, मनबहादुर वादी र प्रतिभा केसीलाई सिफारिस गरी पठाउने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.