|

दाङ :  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक २०७४ संसदबाट पारित भएको छ। मंगलबारको संसद बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो। संसदबाट पारित भएको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछ र ऐनका रुपमा कार्यान्वयनमा आउने छ।

यससँगै दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औपचारिक रुपमा बदलिनेछ । प्रतिष्ठानमा चिकित्सा शिक्षा सम्बन्धी पढाइ हुनेछ। प्रतिष्ठानअन्तर्गत अस्पताल रहनेछ।

प्रतिष्ठानको मुख्य कार्यालय घोराहीमा रहनेछ। त्यसका लागि नवलपुरमा रहेको झन्डै बीस बिघा सार्वजनिक जग्गा हस्तान्तरणको प्रक्रिया पनि थालिएको माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिए। विधेयक पारित गर्ने भूमिका खेल्नका लागि दाङको सर्वदलीय सर्वपक्षीय समितिले गौतमलाई जिम्मा दिएको थियो।

स्वास्थ्य मन्त्रालयले पनि गौतमलाई नै सहजकर्ता तोकेको थियो। अब तत्कालै प्रतिष्ठानको कुलपति नियुक्त गर्ने र प्रतिष्ठानको लागि आवश्यक कामलाई तीव्रता दिने गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.