प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

छापा

व्यवसायीलाई साम्य पार्न यसरी ढाँटे गृहमन्त्रीले
SHARES

असोज २५, २०७४

    काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दाबी गरेका थिए। उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए।

    अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः ४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गाडिभित्रै गोली हानेर हत्या गरेका थिए। घटनाको करिब एक घण्टापछि मनमैजुमा एउटा पेस्तोल र तीन राउण्ड गोलीसहित तीन जना पक्राउ परेको सूचना सार्वजनिक भएको थियो। छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा घटनाको १५ मिनेटपछि पक्राउ परेको दाबी प्रहरीको थियो।

    गृहमन्त्रीको दाबीको आधार पनि घटना भएको समय र प्रहरीले दाबी गरेको पक्राउको समय नै थियो । विश्वस्त स्रोतका काभ्रेका ती तीनजनालाई गौचनको हत्याको आधा घण्टाअघि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेका थियो। उनीहरूलाई महाशाखाबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको थियो।

    घाइते गौचनको गोली लागेर मृत्यु भएपछि निर्माण व्यवसायी आक्रोशित भएका थिए । उनीहरूले घटनामा संलग्नलाई पक्राउ नगरिएसम्म गौचनको शवसमेत नउठाउने चेतावनी दिएपछि तीनजना पक्राउको समय अदलबदल गर्दै हतियारसहित पक्राउ परेको सूचना सार्वजनिक भएको थियो।

    काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले महाशाखा र परिसरको टोलीले सोमबार हतियारसहित तीनजना पक्राउको पुष्टि गरे पनि यकिन समय बताउन चाहेनन्। पक्राउ समयबारे जिज्ञासा राख्दा उनले भने, ‘गौचन हत्याको आसपास नै हो। समय यकिन भएन।’

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]