खेलकुद

मेसीको ह्याट्रिकले अर्जेन्टिना सिधै विश्वकपमा
SHARES

असोज २५, २०७४

    काठमाडौं : लियोनल मेसीको ह्याट्रिकको मद्दतमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ। घरेलु टोली इक्वेडरलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिनाले रसिया विश्वकपको टिकट पक्का गरेको हो।

    पहिलो मिनेटमा नै रोमेरियो इब्राको गोलबाट पछि परेको अर्जेन्टिनालाई मेसीले खेलमा फर्काए। १-० ले पछि परेको १० मिनेटपछि बराबरी गोल फर्काएका मेसीले १८औं मिनेटमा दोस्रो गोल गरे। त्यसपछि ६२औं मिनेटमा बललाई जाली चुमाउँदै उनले ह्याट्रिक पूरा गरे।

    यो जितले अर्जेन्टिनालाई प्लेअफ नखेली सिधै छनोट हुन पर्याप्त भयो। अर्जेन्टिनासँगै ब्राजिल, उरुग्वे र कोलम्बिया पनि विश्वकपका लागि सिधै छानिएका छन्।

    दक्षिण अमेरिकी च्याम्पियन चिली विश्वकपमा छनोट हुन असफल हुँदा पेरुले प्लेअफमा स्थान पक्का गरेको छ। विश्वपकमा छनोट हुन चिलीलाई ब्राजिलसँग कम्तिमा बराबरीको खाँचो थियो। तर चिली ३-० ले पराजित हुन पुग्यो। जसको लाभ समान अंक रहेको पेरुले उठायो। पेरुले गोल अन्तरमा चिलीलाई पछि पार्दै प्लेअफमा न्युजिल्याण्डसँगको भेट पक्का गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]