|

रुकुम : नयाँ शक्ति पार्टी नेपाल रुकुमले प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार टुंगो लगाएको हो।

पार्टीले दुवै चुनावका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उमेदवार छनोट गरेको छ। प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ शरुण बाठामगरको नाम सिफारिस गरिएको छ। उनी पार्टीको ६ नम्बर प्रदेश संयोजक हुन् भने माओवादी जनयुद्धताका रुकुमको जनसरकार प्रमुखसमेत रहिसकेका व्यक्ति हुन्। प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारमा अमर ओलीलाई सिफारिस गरिएको छ। उनी पार्टीको जिल्ला संयोजक हुन्।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ डम्बर विष्ट, समानुपातिकतर्फ अर्जुन विक र क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रेमकुमार आचार्य र समानुपातिकतर्फ ताराकुमारी घर्तीलाई उम्मेदवार बनाइएको छ। पश्चिम रुकुममा प्रतिनिधिसभाका १ र प्रदेशसभाका २ निर्वाचन क्षेत्र छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.