पोखराः पोखरा लेखनाथ महानगरपालिका– ६ मा लेकसाइडमा ग्यास फेर्ने क्रममा बिस्फोट हुँदा दुई जना घाइते भएका छन्।
पोखरा– ६ को वडा कार्यालय नजिकैको एक घरमा ग्यास परिवर्तन गर्ने क्रममा बिस्फोट हुँदा प्रतीक्षा पाण्डे र विक्रम नेपाली घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको पोखरा गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
उनीहरूको हात, खुट्टा र अनुहारमा आगोले पोलेको कास्की प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।