|

गोरखाः जिल्ला प्रहरी कार्यालय गोरखामा म्यादी प्रहरी बन्न फर्म भन्नेको घुइँचो लागेको छ। 

सरकारले मंसिरमा हुने प्रतिनधिसभा र प्रदेशसभा चुनावको सुरक्षाका लागि म्यादी प्रहरीको आवेदन खुला गरेपछि फर्म भर्नेको घुइँचो लागेको हो। यही असोज ३० गतेसम्म फर्म भर्ने मिति रहे पनि घुइँचो लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए। 

‘म्यादी प्रहरी बन्न फर्म भन्नेको लाइन छ’, अधिकारीले भने, ‘फर्म बुझाउने ठाउँ जिल्ला प्रहरी कार्यालय मात्रै भएकोले घुइँचो भएको हो।’ फर्म बुझाउने मिति सकिएपछि छनोट गर्ने र त्यसपछिको तालिममा भने इलाका प्रहरी कार्यालयहरूमा पनि पठाउने उनले बताए। 

म्यादी प्रहरीमा फर्म बुझाउन आउनेहरूमध्ये अधिकांश यसअघिको स्थानीय तहको निर्वाचनमा पनि म्यादी भएरै खटिएकाहरू छन्। फर्म बुझाउन आउनेहरूमा अधिकांश युवायुवतीहरू रहेका एसपी अधिकारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.