स्वास्थ्य

विश्व दृष्टि दिवश मनाइँदै
SHARES

असोज २५, २०७४

    काठमाडौं: ‘आँखा स्वास्थ्य सबैका लागिः दृष्टिको महत्त्व बुझौँ, विश्व दृष्टि दिवश मनाऔँ’ भन्ने नाराका साथ यही अक्टोवर १२ तारिख (आश्विन २६ गते) का दिन उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरूबारे विश्वभर चेतना फैलाउनका लागि ‘विश्व दृष्टि दिवश’ मनाइँदै छ। 

    विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा ‘भिजन २०२०ः राइट टु साइट’ कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिँदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवशको रूपमा मनाउने गरिएको छ।

    नेपाल सरकारले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा ‘भिजन २०२०ः राइट टु साइट’ कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना (२००१–२०१९) लागू गरेको छ। यस दिवशमा विश्वभरिका विभिन्न संघसंस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रूपमा परिचलित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहन गर्ने गरेका छन्।

    विश्व दृष्टि दिवश आश्विन २६ गतेका दिन तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं तथा यसका १५ जिल्ला सामुदायिक आँखा केन्द्रमा १८ वर्षभन्दा कम उमेरका तथा ६० वर्ष कटेका बिरामीको निःशुल्क दर्ता गर्ने साथै आँखा उपचारसम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ आँखा केन्द्र वा अस्पताल परिसरमा आँखा स्वास्थ्य सेवाको आवश्यकता तथा महत्त्ववारे जानकारी गराउने र त्यससम्बन्धी सूचना सामग्री वितरण गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]