|

  • अर्जुन बोहरा-

सिमकोटः हुम्लाको सिमकोट गाउँपालिका– ४ की ६२ वर्षकी किउजिरा रोकाया आइतबारदेखि बेपत्ता भएकी छन्।

आफ्नै घरबाट हराएकी रोकायाको धेरै ठाउँमा खोजी गरिए पनि अहिलेसम्म नभेटिएको छोरा मदन रोकायाले बताए। छोराछोरीबाट छुट्टिएर अलग बसेकी रोकायालाई शनिबार घरमै आफन्तले देखेको बताएका छन्। आइतबार विहानदेखि घरमा कोही नभएको बेला घरबाट बाहिर निस्केको हुन सक्ने छिमेकी कर्ण भण्डारीले बताए।

हराएकी वृद्धा रोकायाको गाउँका सबै लागेर सिमकोट आसपासका सबै गाउँघर, वनजंगल, खोलानाला सबै ठाउँमा खोजे पनि नभेटिएपछि आजै खोजीका लागि थप सहयोग माग्दै जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेका छन्। 

रोकाया केही दिनदेखि मानसिक रूपमा बिरामी भएकी र घरमा आफन्तसँग सामान्य विवाद हुँदा भागेर अन्य गाउँमा गएको हुन सक्ने छिमेकीहरूले बताएका छन्। रोकायालाई भेट्टाएमा नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा खबर गरिदिन अपिल गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.