|

सुनसरी : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसको बहुमत आवश्यक रहेको बताएका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री कार्कीले प्रदेश र संघको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने र संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

मन्त्री कार्कीले संविधान संशोधन गर्न, विकास निर्माणलाई अगाडि बढाउन र समृद्ध नेपाल निर्माण गर्न नेपाली काँग्रेसको बहुमत आवश्यक रहेकाले अबको संघ र प्रदेशको निर्वाचनमा कांग्रेसलाई बहुमत दिएर पठाउन आग्रह पनि गरे।

नेकपा (एमाले)ले नेकपा माओवादी केन्द्रसँग एकता गरेर मुलुकलाई कमजोर गर्न खोजेको आरोप उनले लगाए।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य बालिम चौधरी, एमालेका सन्तोष भगतलगायतका नेता कांग्रेसमा प्रवेश गरेको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.