|
स्थानीय तह निर्वाचनमा दलहरुले पाएको मत

काठमाडौं : एमाले र माओवादीले एक सातादेखि प्रयास गरे पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँट टुंग्याउन सकेका छैनन्। सूर्य चिह्न लिएर निर्वाचनमा जाने सहमित सहित वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका विषयमा त छलफलसमेत भएको छैन।

गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र र सिटबारे पनि अन्योल छ। तीन दिनपछि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले त्यसअघि नै क्षेत्र बाँडफाँट टुंग्याउनुपर्ने दबाब दलहरुलाई छ।

कार्यदलका सदस्यसमेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले बुधाबर प्रदेश ज्ञ बाट छलफल सुरु गरिए पनि टुंगो नलागेको बताए। '१ नम्बर प्रदेशबाट प्रारम्भिक छलफल सुरु भएको छ,' उनले भने, 'केही जिल्लामा निष्कर्षनजिक पुगेका छौं, केही जिल्लाको टुंगो लगाउन बाँकी छ। बिहीबार फेरि छलफललाई निरन्तरता दिने गरी बैठक स्थगित भयो।'

काठमाडौंमा एमालेलाई ७ र माओवादीलाई ३ क्षेत्र

काठमाडौंका १० क्षेत्रमध्ये एमालेले ७ र माओवादी केन्द्रले ३ क्षेत्र लिने समझदारी भएको छ। कार्यदलका एक सदस्यका अनुसार प्रतिनिधिसभातर्फ एमालेले २, ३, ४, ५, ७, ८ र ९ तथा माओवादी केन्द्रले १, ६ र १० नम्बर निर्वाचन क्षेत्र लिने समझदारी बनेको छ। यसअघि माओवादीले ४ क्षेत्र दाबी गर्दै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.