राजनीति

अाकांक्षी धेरै भएपछि रामेछापमा माओवादी केन्द्रले गर्‍यो २७ जनाको नाम सिफारिस
SHARES

असोज २६, २०७४

    रामेछाप : माओवादी केन्द्र रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। बुधबार बसेको जिल्ला सचिवालय समितिको बैठकले २७ जना आकांक्षीको नाम सिफारिस गरेको हो।

    उम्मेदवारका लागि दाबी गर्नेको  संख्या धेरै भएपछि बढी संख्या सिफारिस गरिएको माओवादी केन्द्र रामेछापका सचिवालय सदस्य प्रेमकुमार कार्कीले बताए। 
    माओवादी केन्द्र रामेछापले संघीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ गृहराज्यमन्त्री रहेका श्यामकुमार श्रेष्ठ,पार्टीका विदेश विभाग सचिव युवराज चौलागाईँ, र पूर्व सांसद डिल्लीमान तामाङको नाम सिफारिस गरेको छ।

    समानुपातिकतर्फ गंगा बुढाथोकी, शिवकुमार कार्की, चित्तलाल श्रेष्ठ र बलबहादुर सार्कीको नाम परेकोे छ। प्रदेशसभाका लागि रामेछाप क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ लक्ष्मी गुरुङ, रवीन्द्र पौडेल, प्रेमकुमार कार्की र नाम्गेल शेर्पाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ श्यामनारायण श्रेष्ठ, मदनकुमार कालिकोटे, सरिता कार्की, तारानारायण श्रेष्ठ र शिशिर खड्गीको नाम सिफारिस गरिएको कार्कीले जानकारी दिए।

    क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ मैनकुमार मोक्तान, टंकलाल घिसिङ ‘टलक’, सुनिता गौतम, यशु चौलागाई, गणेश घिसिङ, मानबहादुर बम्जन, ज्ञानकुमार योञ्जन रहेका छन् भने समानुपातिकतर्फ धनदेवी श्रेष्ठ, पार्वती रसाइली, खिरलाल तामाङ, अपिल माझीको नाम सिफारिस गरेको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]