|

चितवन : चितवनको रत्ननगरस्थित विभिन्न क्षेत्रका बाढी प्रभावितहरुलाई राहत वितरण गरिएको छ। नजिकिदै गरेको तिहारलाई लक्षित गरी रत्ननगरका ६९ घर बाढी प्रभावितहरुलाई बुधवार राहत वितरण गरिएको हो।

बहुउद्देश्यीय सामुदायिक विकास सेवा ललितपुरले रत्ननगर नगरपालिका वडा नम्बर ७ पडरियाका ३३ घर, वडा नम्बर ४ सेरीका २६ घर, वडा नम्बर ५ झुवानीका ८ घर र वडा नम्बर ५ बछौलीका २ घर परिवारलाई राहत वितरण गरेको हो।

उनीहरुलाई प्रतिघर एक बोरा चमल, २ किलो दाल ,१ पोका नुन, एक लिटर तेल राहत स्वरुप गरिएको स्थानीय समाजसेवी रामजी चौधरीले जानकारी दिए। सो क्रममा बोल्दै रत्ननगर नगरपालिका ७ का वडाध्यक्ष लाल बहादुर भट्ट,राजनले चार्ड पर्व नजिकिदै गर्दा आएको राहतले खास अर्थ राख्ने भन्दै सहयोग गर्ने संस्थालाई धन्यवाद दिए।

उनले एकलाई पर्दा अर्कोले सहयोग गर्ने नेपालीहरुको भावना उच्च रहेको भन्द्र प्रशंसा गरे। सहभागीहरुले बाढीबाट प्रभावित भएकाहरुलाई तिहार मनाउन सहयोग गरेकोमा बहुउद्देश्यीय सामुदायिक विकास सेवाको कामलाई सराहना गरेका थिए। बहुउद्देश्यीय सामुदायिक विकास सेवाका निर्देशक मोहन चौलागाईले आफूहरुले चाडपर्वका बेला खुसी ल्याउन सानो सहयोग गरिएको बताए।

गएको साउन २८ गत भीषण बाढी आउँदा चितवनका विभिन्न क्षेत्र प्रभावित भएको थियो। सो क्षेत्र डुवान र कटानको चपेटामा परेको थियो। बाढी र पहिरोका कारण यहाँ सो समयमा ४ जनाले ज्यान गुमाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.