|

बैतडी : राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेको छ। प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र उनका छोरा जयन्त चन्दको नाम सिफारिस गरेको छ।

राप्रपा जिल्ला कार्यसमितिको बैठकले चन्द बाबुछोरासँगै नरेन्द्रबहादुर चन्दलाई प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरेको जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताए। राप्रपाको जिल्ला समितिले पूर्व वाणिज्य मन्त्री जयन्त चन्दलाई भने समानुपातिक पद्धतितर्फ पनि सिफारिस गरेको  छ।

प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीबाट समानुपातिक पद्धतितर्फ उम्मेदवारको रुपमा अम्बादत्त भट्टको नाम पनि सिफारिस गरिएको जिल्ला अध्यक्ष चन्दले बताए ।

राप्रपाले बैतडीको दुईवटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवार भने सिफारिस गरेको छैन। मानुपातिक निर्वाचन पद्धतितर्फ प्रदेश सभा क्षेत्र नम्बर १ बाट रमा भण्डारी, लक्ष्मी विष्ट,  सफला अधिकारी रानाको नाम सिफारिस गरिएको छ।

समानुपातिक तर्फ नै क्षेत्र नम्बर दुईबाट हेमबाबु लेखक, चन्द्रकला साउद र जीतसिह थापाको नाम सिफारिस गरिएको छ। यस्तै जीते महर, किष्ने भुल, नारु अवस्थी, वीरेन्द्रबहादुर चन्द र धौलसिह रानाको नाम निर्वाचन क्षेत्र विभाजन नगरी समानुपातिक पद्धतितर्फ उम्मेदवार सिफारिस गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.