|

चितवन : जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा (एमाले) का कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन्। बुधबार भरतपुरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भरत अधिकारीलाई ८ मतले पछि पार्दै डल्लाकोटी निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए।

जिल्लाको सात स्थानीय निकायमा १४ जना मतदाता रहेको उक्त निर्वाचनमा नेकपा एमालेका डल्लाकोटीले ११ मत ल्याए। प्रतिद्वन्द्वी अधिकारीले ३ मत मात्रै प्राप्त गरे। समन्वय समितिमा मतदानका लागि नेकपा एमालेका ८ जना प्रतिनिधि थिए। नेपाली कांग्रेसका तीन र नेकपा (माओवादी केन्द्र) का २ जना थिए।

कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट भरतपुर महानगरमा प्रमुख बनेकी रेणु दाहालसहित र माडी नगरपालिकाका प्रमखु ठाकुर ढकालले नेकपा एमालेका उम्मेदवारलाई मतदान गरे। यस्तै उपप्रमुखमा पनि एमालेकै मुनाकुमारी श्रेष्ठ विजयी भइन्। उनले पनि ११ मत ल्याइन् भने प्रतिद्वन्द्वी कांग्रेसकी टीका दाहालले ३ मत मात्रै प्राप्त गरिन्।

जिल्ला समन्वय समितिको नौ सदस्यीय समितिमा सबै नेकपा एमाले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए। समितिका सदस्यहरुमा खिलकुमारी सिंखडा, लिलादेवी पोखरेल, सीता पुन, गुनु विक, कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चुडामणि महत्तो विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.