|

काठमाडौं : नेपाली कांग्रेसले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंमा चुनावी अभियान सुरु गरेको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहले बिहीबार काठमाडौंमा अगुवा कार्यकर्ता भेला गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अभियान शुभारम्भ गरेका हुन्।

भेलालाई सम्बोधन गर्दै सिंहले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंमा बहुमत ल्याउने गरी प्रचार अभियानमा एकतबद्ध भएर जुटन नेता, कार्यकर्तालाई आह्वान गरे। लोकतन्त्रलाई सुदृढ बनाउन पनि काठमाडौंका सबै निर्वाचन क्षेत्रमा पार्टी विजयी हुनुको विकल्प नरहेको उनको भनाइ छ।

नेता सिंहले सबैले उम्मेदवार बन्न पाउने अवस्था नभए पनि पार्टीलाई जिताउन भने सबै एकजुट हुनुपर्नेमा पनि जोड दिए।

यस्तै केन्द्रीय सदस्य गगन थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियानमा शानका साथ जुट्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे। मुलुकलाई समृद्धिको नयाँ उचाईका पुर्‍याउन पनि कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुको विकल्प नरहेको उनको भनाइ छ।

केन्द्रीय सदस्य थापाले पार्टीभित्रको कमजोरीका कारण स्थानीय तहको निर्वाचनमा काठमाडौंमा हार व्यहोर्नु परेको बताए। प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ प्रत्यक्षतर्फ काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र छन्। ती सबै क्षेत्रमा दलहरुले उम्मेदवार चयन प्रक्रिया अघि बढाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.