बारा : बाराको देवताल गाउँपालिकामा विहीबार बिहान एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। वडा नम्बर २ स्थित दक्षिणझिट्कैयाका बुटाई रामको धान खेतमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो।
शौचालय गर्न जाने क्रममा स्थानीयवासीले शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए। धान खेतमा फेला परेका शिशुलाई कलैया अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शिशु कसले छाडेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।