राजनीति

माओवादीले नैतिकताको आधारमा सरकार छोड्नुपर्छ : अध्यक्ष राणा
SHARES

असोज २६, २०७४

    भक्तपुर : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर जबराले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन्।

    प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्नु राजनैतिक बेइमानी भएको भन्दै उनले माओवादीले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका हुन्। रफत सञ्चार क्लब भक्तपुरले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याले सुरक्षा अवस्था कमजोर रहेको प्रष्टाएको बताउँदै गृह मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने धारणा पनि राखे।

    आगामी निर्वाचनमा प्रजातान्त्रिक गठबन्धनको जित सुनिश्चित रहेको भन्दै उनले यो गठबन्धनले स्थिर सरकार र दिगो विकासमा टेवा पुग्ने टिप्पणीसमेत गरे। राणाले राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुने पनि खुलासा गरे।

    नेपालमा पछिल्लो समय वैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले यसका लागि नेपालका राजनितिक दलका नेताहरु जिम्मेवार रहेको समेत बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]