|

दाङ : तुलसीपुर उपमहानगरपालिका ५ को रानी जरुवास्थित एक घरबाट प्रहरीले वेश्यावृत्तिमा संलग्नको आरोपमा चार जोडी युवायुवतीसहित ९ जनालाई पक्राउ गरेको छ।

स्थानीय हिमा चन्दको घरमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा घरधनी र चार जोडी युवायुवती पक्राउ परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए।

असोज २४ गते वेलुका गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अर्यालले बताए। पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय जिल्लामा वेश्यावृत्ति र उच्छृङ्खल गतिविधिविरुद्ध प्रहरीले निगरानी बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.