|

इलाम : माइ नगरपालिकामा जारी मिनी मेलाको अन्तिम दिन बुधबार जब काले दाइ र ठमेल बजार गाउने गायिका मिना निरौला आउने सूचना पाएपछि शुक्रबारे खेल मैदानमा हजारौं दर्शक मध्यरातसम्म अडिए। ‘अन्तिम दिन भएकाले आज मिड नाइट कार्यक्रम हुनेछ’ भन्दै कार्यक्रम सञ्चालक हरि घिसिङले भन्दै गर्दा माइ नगरबासीहरुले गडगडाहट तालीले स्वागत गरे।

रातको साढे १० बजे जब निरौला स्टेजमा ‘नमस्ते सबै जनामा आज पहिलो पटक तपाईंहरुको क्षेत्रमा प्रस्तुति दिँदैछु’ भन्दै प्रवेश गरिन्, तालीको गडगडाहट फेरि छुट्यो। ‘अब तपाईंहरुको लागि चलचित्र पर्वको काले दाइ सुनाउँछु है’ भन्दै मीनाले गीत सुरु गरिन्  

‘कालेले दाइले लगाएको कालै स्टकोट

हाँस्दानि नाच्दानि देखिदैन खोट...।’ 

त्यसपछि ‘अब कुन सुनाउ ठमेल बजार सुनाउछु है’ भन्दा दर्शकहरुले फेरि ताली बजाए। चलचित्र लुट २ को ‘लैजाउ न घुमाउन मलाई ठमेल बजार ट्याउसी चढाउदै... लाइ देउ न चोखो पियार’ गीत गाइन्।

चलचित्र फाटेको जुत्ताको गीत 'चोली अलि छोटो के लाथे यो सारा सहरले मैमाथी लगायो फोकस,  टलटल टल्कियो जवानी जवानीमा आखै लायो नि... लगायतका गीतहरु पनि मीनाले प्रस्तुत गरिन्। मीनाले प्रस्तुति दिँदा दर्शकहरु बार नाघेर स्टेजमै नाच्न पुगेका थिए। ‘तपाईहरुसँगै नाच्न मन थियो यो माइक्रोफोनको तारले समस्या गरिदियो’ भन्दै उनले गीत गाइन्।

दर्शकहरुको रोजाइको कदर गर्दै काले दाइ र ठमेल बजारमा नचाउँदै अब रात पनि धेरै भयो १२ बज्न लाग्यो भन्दै मीनाले विदा लिइन्। मीनापछि खोटाङका गायक राजेश राईले ए कान्छी एकहोरो माया नलाएकै बेस र फूल जति जुन जति मनकी रानीलाई. गाएर दर्शकलाई मनोरञ्जन दिए।

समापनको दिन हुनाले रातको १२ बजेसम्म सांगीतिक कार्यक्रम राखिएको थियो। स्थानीय समिर राई, पिटर सुब्बा लगायत पूर्वाञ्चका विभिन्न एकेडेमीका कलाकारहरुले पनि महोत्सवमा प्रस्तुति दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.