|

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

निर्वाचन आयोगको कार्यालयमा बिहीबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विधागका प्रमुखहरुसँगको निर्वाचन सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा डा. यादवले उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएकोले सुरक्षामा ध्यान दिनुपर्ने बताए।

प्रमुख आयुक्त डा. यादवले सरकारको निर्वाचन सुरक्षा योजनाप्रति आयोग सन्तुष्ट रहेको बताए। उनले भने, 'सरकारले ल्याएको निर्वाचनसम्बन्धि सुरक्षा योजना ज्यादै व्यवहारिक छ।'

निर्वाचनमा सुरक्षा कसरी गर्ने भन्ने विषयमा छलफल गर्न आयोगको कार्यालय पुगेका सुरक्षा निकायका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको अनुभवलाई समेत समेटेर निर्वाचनसम्बन्धी केन्द्रीय योजना तयार पारिएको जानकारी गराएका थिए। मंसिर १० र २१ गते २ चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.