|

जनकपुरधाम : आठ महिने छोरो सुतेको बेला आमाको काखबाटै बेपत्ता भएका छन्। धनुषाको कमलामाई नगरपालिकाको ३ पर्साका महेन्द्र यादवका आठ महिनाका छोरा सुमन गत असोज १२ गते रातको करिब १२ बजे चोरी भएको हो।

दसैंको अष्टमीको रातमा ३ छोरी र दुधे बालकसंगै गर्मी छल्न घरको छतमा सुतेकी सुनितादेवी यादव १२ बजेसम्म बच्चा काखमै रहेको र १ ब्युँझिदा गायब भएको बताउँछिन्। बच्चा हराएको एक घण्टा नबित्दै करिब १ बजे खजुरी स्टेशन प्रहरी चौकीलाई परिवारले जानकारी गराएको थियो। 'राति नै बालक हराएको खबर आएपछि हामीले घटनाको सुक्ष्म अध्ययन सुरु गर्‍यौं, कसैले अपहरण गरेको त होइन पनि लाग्यो, तर अहिलेसम्म कुनै सुईको पाउन सकेका छैनौं' इलाका प्रहरी कार्यालय खजूरीका प्रहरी निरीक्षक ओम अधिकारीले भने।

जिल्ला प्रहरी कार्यालय धनुषाले पनि सबै चौकीहरुमा बच्चा हराएको जानकारी गरायो। तर पनि बच्चा हालसम्म कुन अवस्थामा छ, कहाँ छ भन्ने भन्न मुश्किल भएको प्रहरी निरीक्षक अधिकारीले बताए।

'आमाको काखबाट छुटेको १६ दिनसम्म पनि आफ्नो छोरा नभेटिदा आमा पटक–पटक मुर्छित हुन्छिन्। न त निदाउन सक्छिन, न छोराको विछोडको पिडाले खाना नै खान्छिन्'  परिवारका एक सदस्यले भने।

गत असोज १२ गते राति यादवका श्रीमती सुनिता छोरालाई लिएर घरको छतमा सुतिरहेको बेला राति १२ बजे अचानक बच्चा वेपत्ता भएको घरपरिवारले जनाएको छ। बच्चा वेपत्ता भएकै बेला स्थानीय इलाका प्रहरी कार्यालय खजुरीमा जानकारी खोजतलास जारी राखे पनि हालसम्म फेला पर्न नसकेको परिवारजनले गुनासो छ।

बच्चा कसैले दुश्मनी साध्न उठाएर लगेको हुनसक्ने परिवारजनको आशंका छ। बच्चा वेपत्ता भएपछि यादवका घरपरिवार शोकमा डुबेको छ। परिवारजनले बच्चा पत्ता लगाई दिन सबै पक्षसंग गुहार गरेका छन्। बच्चाका बुबा महेन्द्र यादव वैदेशिक रोजगरीका सिलसिलामा विदेशमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.