|

काठमाडौं : चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने मुख्य माग राखेर आमरण अनसनमा बसेका डा. गोविन्द केसीले विधेयकलाई संसदले बन्धक बनाएको बताएका छन्। बिहीबार अनसनस्थल त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले माफियामुखी ऐन ल्याउन चाहनेहरुले जननिर्वाचित निकायलाई नै बन्धक बनाएकाले अब सभामुखले विशेष अधिकार प्रयोग गरेर पारित गर्नुपर्ने बताए।

संसदको अवधि सकिन लाग्दा केही माफियाहरुको चंगुलमा परेर जनतामुखी विधेयक पारित हुन नसक्नु दुखद भन्दै उनले सभामुख ओनसरी घर्तीलाई विशेष अधिकार प्रयोग गरेर भए पनि विधेयक पारित गर्न आग्रह गरे। 'यस्तो अवस्थामा संसदको प्रमुखको नाताले सभामुखले संसदको बाँकी रहेको अवधिमा सक्रिय भूमिका खेलेर यो ऐनलाई सही रुपमा पारित गराउने अपेक्षा हाम्रो छ' उनले भने ' त्यसो नभएर संसदलाई कसैको स्वार्थको बन्धक बनाउन दिएमा संसदको गरिमाको साथै सभामुखको पदीय मर्यादा र कार्य कुशलतामाथि समेत प्रश्न चिह्न उठ्ने अवस्था आउनेछ।'

डा. केसीले तीन करोड नेपालीको हितमा चिकित्सा शिऊ ऐन आउनबाट रोक्ने र आफ्नो स्वार्थमा ऐन ल्याउन खोज्ने दल र व्यक्तिहरुलाई चिनाउन सञ्चार माध्यमलाई आग्रह पनि गरे। संसदको अवधि दुई दिन बाँकी रहँदा चिकित्सा शिक्षा विधेयकमा दलहरुबीच सहमति जुट्न नसक्दा पारित हुन सकेको छैन।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.