|

पोखराः पृथ्वीचोकको ठूलो आइल्याण्ड भत्काएपछि फेरि शहीद लखन थापाको शालिक राख्न लागिएको काम रोक्न उच्च अदालत पोखरामा दायर रिटमा कारण देखाऊ आदेश जारी भएको छ। 

विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खराल र सदस्य मिलनप्रसाद तिवारीले मंगलबार निषेधाज्ञा माग गर्दै रिट दर्ता गरेका हुन्। उक्त रिटमा भएको बहसपछि अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

न्यायाधीश रामजी प्रधानको एकल इजलाशले उक्त आदेश जारी गरेको हो। रिटमा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र मगर संघ कास्कीलाई विपक्षी बनाइएको छ। शहरका बीच चोकमा शहीद, विभूतिका शालिक राख्न आवश्यक नभएको, पृथ्वीचोकमा शहीद लखन थापाको शालिक हटाइसकेको अवस्थामा फेरि राख्न लागिएकोमा उक्त कार्य रोक्न रिटमार्फत् माग गरिएको थियो। 

शालिक राख्ने नै हो भने पृथ्वीनारायण शाहको राख्न रिटमा माग गरिएको छ। बहसमा निवेदकको तर्फबाट माधव बास्तोला, गीता आचार्य, भरतराज पौडेल, खिमबहादुर थापाले बहस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.