|

बर्दिया: बर्दियामा गुडिरहेको ट्रकले बिजुलीको तार छोइँदा करेन्ट लागेर घाइते भएका दुई जनामध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखराका लागि छुटेको ट्रकमा बिजुलीको तारले छोइँदा करेन्ट लागेर घाइते भएका बाँसगढी नगरपालिका–३ का २० वर्षका बलीराम थारूको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो भने अर्का घाइते सोही ठाउँका अर्जुन थारूको उपचार भइरहेको
प्रहरीले जनाएको छ।

ठाकुरबाबा नगरपालिका– ३ जुडपानीबाट बुधबार साँझ भुस बोकेर गएको ना३ख ५४८८ नम्बरको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.