खेलकुद

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप : हङकङ ब्याटिङमा, हेर्नुहोस् लाइभ
SHARES

असोज २७, २०७४

    काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत नेपाल र हङकङबीचको खेल सुरु भएको छ। हङकङको मिसन रोड क्रिकेट मैदानमा घरेलु टोलीले पहिले ब्याटिङ गरिरहेको छ। खेलको तेस्रो ओभरमै करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन्। अंसुमन रथ रन नजोडी पेबेलियन फर्किएका छन्।

    झण्डै २ वर्षयता जारी यस प्रतियोगितामा शीर्ष ४ भित्र पर्दै विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ।

    अस्वस्थताका कारण नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर खेलमा सहभागी छैनन्। नेपाली टोलीमा कप्तान पारस खड्का तथा ज्ञानेन्द्र मल्ल, सागर पुन, दीपेन्द्र ऐरी, विनोद भण्डारी, आरिफ शेख, सोमपाल कामी, वसन्त रेग्मी, सन्दीप लामिछाने, सुशन भारी र करण केसी छन्।

    हेर्नुहोस् लाइभ :

    सौजन्य : हङकङ क्रिकेट

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]