प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

छापा

राज्यमन्त्री चलाउँछिन् म्यानपावर कम्पनी, विभागले तोकेको जरिवाना तिर्न अटेर
SHARES

असोज २७, २०७४

    काठमाडौं :नेपालमा म्यानपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन। उच्च तहका राजनिितक र प्रशासनिक नेर्तत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको म्यानपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ।

    वन तथा भूसंरक्षण राज्यमन्त्री कमलादेवी शर्माले म्यानपावर सञ्चालन गरिरहेको खुलासा भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककी नेतृ शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि म्यानपावर व्यवसाय छोडेकी छैनन्। बरु उनले पदको आडमा वैदेशिक रोजगार विभागले तोकेको जरिवान तिर्न अटेरी गरिरहेकी छिन्।

    तीन वर्षअघि श्रम तथा रोजगार मन्त्रालयद्वारा खाडीका ६ मुलुक र मलेसिया जाने कामदारका लागि सुरु गरेको निःशुल्क भिसा र टिकटको कार्यान्वयन भए नभएको जान्न विभागले माग गरेको विवरण नबुझाउनेमा पनि पहुँचवाला व्यक्तिकै म्यानपावर बढी छन्।

    विभागले पटकपटक विवरण माग गर्दा पनि नबुझाउनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री शर्माले चलाउँदै आएको दर्ता नम्बर २० को रिजा ओभरसिजसहित इनोभेटिभ म्यानपावर, एसोसिएट्स वेलकम म्यानपावर हुन्। वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले पटकपटक विवरण माग्दासमेत नबुझाउनेमा क्यापिटल रिक्रुटमेन्ट, मुस्ताङ ओभरसिज र रेड रोज म्यानपावर पनि हुन्।

    निःशुल्क भिसा र टिकट कार्यान्वयन भए\नभएको लगायत कामदारसँग असुल गरिएको शुल्कबारेको विवरण माग्दा पटकपटक बेवास्ता गरेपछि राज्यमन्त्री शर्माको रिजासहित ती म्यानपावर कम्पनीलाई ५० देखि एक लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको थियो। तर ती कम्पनीले जरिवाना तिर्न अटेर गर्दै आएका छन्।

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]