समाज

सप्तरीका एक बालक १७ दिनदेखि बेपत्ता
SHARES

असोज २७, २०७४

    राजविराज : करिब १७ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन्। 

    जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको स्थानीय कृष्ण मण्डलले बताए। 

    महेश राजविराजस्थित वर्ल्डभिजन स्कुलमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। महेश हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिइएको बताइएको छ। 

    यता बेपत्ता भएका महेशको खोजी गरी दिन नागरिक समाज, मानवअधिकारकर्मी तथा स्थानीय सञ्चारकर्मीलाई पीडितका परिवारले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]