प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

समाज

ओखर उत्पादन घटेपछि चिन्तित छन् डडेल्धुराका व्यापारी
SHARES

असोज २७, २०७४

    डडेल्धुरा : जिल्लामा यो वर्ष ओखर उत्पादन घटेपछि जिल्लामा व्यवसायी चिन्तित छन्। डडेल्धुरामा उत्पादन घटेपछि दार्चुलाबाट महँगो मूल्यमा ल्याएर बेच्दा बिक्री घटेको व्यापारीहरूको गुनासो छ।

    प्रदेश नम्बर ७ का पहाडी जिल्ला र तराईका जिल्लासहित देशका अन्य जिल्ला जोड्ने प्रमुख राजमार्गमा रहेको डडेल्धुरा बजारका ओखर व्यवसायी ओखर बेचेर वर्षेनी हजारौं रुपैयाँ आम्दानी गर्ने भए पनि यो वर्ष पटक बिक्री घटेको व्यवसायी भीम पाण्डेयले बताए ।

    ‘डडेल्धुराका किसानले ओखर लगाउनै छोडे र भएका ओखरको पनि उत्पादन शक्तिमा कमि आएकाले दार्चुलाबाट ओखर ल्याउनु पर्छ’ पण्डेयले भने, पोहोरको साल किलोको तीन सयदेखि चार सय रुपैयाँसम्म बेच्दै आएको ओखर अरु जिल्लाबाट ल्याउँदा सात\आठ सय पुग्यो अनि यति महँगो कसले किन्छ र?’ दिनमा चार पाँच किलो पनि बेच्न मुस्किल भएको उनको भनाइ छ।

    सिजनमा स्याउले बजारसहित डडेल्धुरा सदरमुकाम बसपार्क क्षेत्रमा रहेका दर्जनौ व्यापारीहरु ओखर बेच्ने गर्छन्। ‘पहिले डडेल्धुरामै उत्पादित ओखर बेच्थे’ अर्की व्यवसायी तारा ऐरले भनिन्, तर केही वर्षयता बैतडी, दार्चुलाबाट आउँछ।’

    डडेल्धुरामा ओखरको व्यापारलाई मूख्य व्यापारका रुपमा लिने गरिन्छ। जिल्लाको स्याउले बजारमा पसलैपिच्छे ओखर राखिएका छन्। जिल्लामा राम्रो उत्पादन हुँदा एक जनाले वर्षमा एकदेखि दुई लाख रुपैयाँसम्म कमाउने गरेको स्याउलेका व्यापारी रमेश दियाल बताउँछन् ।

    गत वर्षसम्म ओखर एककिलोको पाँच सय सम्म पर्ने गर्थ्यो भने यो वर्ष ओखरको माग बढेको र उत्पादनमा कमी आएको कारण सात सय रुपैयाँभन्दा माथि रहेको दियाल बताउँछन्। यो राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँबाट ओखर तराईका जिल्ला कैलाली र कञ्चनपुरदेखि काठमाडौंसम्म कोसेलीको रूपमा लैजाने गर्छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]