|

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपालले जितका लागि १९५ रनको लक्ष्य पाएको छ।

मिसन रोड मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङ निर्धारित ५० ओभरमा १९४ रन जोड्दा अलआउट भयो। उसका लागि विकेट किपर ब्याट्सम्यान जिमी अट्किन्सनले ७६, तनविर अफजलले ३८ तथा कप्तान बबर हयातले २९ रनको योगदान गरे।

यसका अलावा वाकस खानले १४, इसान नवाजले १६ र निजाकट खानले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले ३, वसन्त रेग्मी र करण केसीले समान २ तथा सुशान भारीले १ विकेट लिए। अन्य २ ब्याट्सम्यान रनआउट भए।

८ टीम सहभागी प्रतियोगितामा ८ अंकसहित नेपाल छैटौं स्थानमा छ। २ अंक बढी जोडेको हङकङ नेपालभन्दा एक स्थान माथि छ। अंकतालिकाको शीर्ष ४ भित्र पर्दै विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्न नेपाल यो खेल जित्नै पर्ने दबाबमा छ। यसपछि नेपालले हङकङसँग अर्को १ र युएईसँग २ खेल खेल्न बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.