|

बारा : जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा पटाका बरामद भएको छ। भारतबाट भित्र्याइएको तीन बोरा पटाका बारा प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी युनिटले चेकजाँचका क्रममा प्रतिबन्धित पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी उपरिक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए।

तिहार तथा छठका समयमा अत्यधिक माग हुने भएपछि बाराका विभिन्न नाकाबाट प्रतिबन्धित पटाकाको अवैध आयात बढेको छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटहरुले समेत बढी भन्दा बढी जाँच भइरहको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.