|

चितवन : डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि तथा एनआरएनएका केन्द्रीय सदस्य सोम सापकोटाले पर्यटक विकासले मात्रै नेपाल समृद्ध हुने बताएका छन्। नेपाल पर्यटनका हिसाबले अति महत्वपूर्ण क्षेत्र भएको दाबी गर्दै उनले यसतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।

२८ असोज  शनिबारदेखि  ३१ गतेसम्म हुन लागेको गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा सहकोषाध्यक्षका उम्मेदवार बनेका सापकोटाले कुरा गर्दै आफूले हारे पनि पर्यटन विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए।

चितवन निवासी उनको देशको आर्थिक समृद्धिका लागि लगानी बढाउन आफू सधैं प्रयासरत हुने बताए। ‘जिते त यसै लाग्नै पर्यो तर हारे पनि यो अभियान रोकिँदैन’, सापकोटाले भने।

उनले भने, ‘मेरो उम्मेदवारी समग्र चितवनको आर्थिक विकासको लागि लगानी भित्र्याउनु हो, म हारे पनि जिते पनि यस कामलाई निरन्तरता दिनेछु।’  उनले नेपाल पर्यटन बोर्डमा पर्यटन दूतहरुसँगको छलफल कार्यक्रममा समेत सामूहिक अभियान चलाउनु जरुरी रहेको बताए।

हाल सापकोटा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका जनप्रतिनिधि छन्। उनले चलाएको अभियानले पर्यटन प्रबद्र्धन गर्न सहयोग पुगेको छ। राज्यको लगानीविना नै गैरआवासीय नेपाली संघको पर्यटन प्रबद्र्धनमा अत्यन्तै महत्वपूर्ण हात रहेको उनको अनुभव छ।

यति मात्रै होइन समाचारमा आएका विषयलाई समेत तत्कालै सम्बोधन गरेर सहयोग गर्ने बानी आफ्नो रहेको सापकोटा बताउँछन्। त्यसैले पनि गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनमा सहकोषाध्यक्ष पदमा मलाई मत दिएर विजयी गराउनेछन् भन्ने मलाई लागेको छ सापकोटाले भने।

नेपालमा पर्यटन भित्र्याउन सुरु भएको नमस्ते अभियानमा संलग्न भएर सापकोटाले डेनमार्कलगायत देशमा  पुगेर प्रचार अभियान चलाएका थिए। नेपाली ढाका टोपी लगाएर विदेशीहरुले नेपाल भ्रमणमा निम्तो दिन आफूले बाँकी नराखेको सापकोटा बताउँछन्। यस्तै, पर्यटन विकासकै लागि भनेर सुरु भएको अतिथि देवोः भवः अभियानमा समेत उनी सक्रिय भएर लागेका छन्।

योसँगै सामाजिक काममा समेत उनको योगदान छ। गाउँगाउँमा विद्युतीय पुस्तकालय स्थापना गरेर शिक्षा क्षेत्रमा उनको अथक योगदान रहेको छ। भोलिका कर्णधार बालबालिकालाई बेलैमा असर शिक्षा दिन सकेमा उनीहरुबाट पनि देशको विकासमा योगदान रहने सोचका साथ पुस्तकालय अभियान चलाइएको उनले बताए।

अहिलेसम्म नेपालका ७० स्थानमा उनको प्रयासमा पुस्तकालय स्थापना भइरहेको छ। उनी नेपाल लाइब्रेरी फाउन्डेसनका अन्तर्राष्ट्रिय संयोजकसमेत रहेका छन्। १४ वर्षदेखि विदेशमा बस्दै आएका उनले  विदेशको बसाइमा नेपालमा सामाजिक रुपान्तरण आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका छन्। विदेशमा रहेका नेपाीहरुले सिकेका शिप र श्रमलाई स्वदेशमा सदुपयोग गर्ने काममा उनी अहिले सक्रिय छन्।

यो अभियान अन्तरगत विदेशमा बस्ने नेपालीहरुलाई लगानीको बातावरण सिर्जनागर्न सापकोटा कै पहलमा अहिले युनाईटेड चितवन ईन्भेष्टमेन्ट कम्पनी र युथभिजन इन्भेस्टमेन्ट कम्पनीसमेत स्थापना भएको छ।

यसअघि, एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदमा रही एनआरएन अभियानमा सक्रिय भएका सापकोटाले विगतको योगदान र आगामी अभियानका कारण यसपटकको निर्वाचनमा सबैले साथ दिने आशा व्यक्त गर्छन्।

सापकोटा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य हुँदै २०१३/२०१५ को कार्यकालमा युरोप उपसंयोजक भए। सन् २००४ देखि पोर्चुगलबाट संघको अभियानमा संग्लन रहँदै आएका सापकोटा विगत १४ वर्षदेखि नै सक्रिय हुँदै आएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यकारी सदस्य हुँदै २००९ देखि २०११ सम्म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्ष भए। २०११ देखि २०१३ सम्म अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को सदस्य बने।

गैर आवासीय नेपाली संघ स्वदेशमा लगानी भित्रयाउन समेत प्रयत्नरत छ। सापकोटा स्वयंपनि स्वदेशमै रोगजागर सिर्जना गर्न लागि परेका छन्। संघ  राजनैतिक, क्षेत्रीय र ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर उठाउन पनि आफ्नो उम्मेदवारी भएको सापकोटा बताउँछन्।  साथै २०१५ देखि हालसम्म गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रय समन्वय परिषद्को सदस्यका भएर काम गर्दै आएका छन्।

डेनमार्क स्थित नेपाल पर्यटन बोर्डको मानार्थ जनप्रतिनिधि रहेका सापकोटाले नेपालको पर्यटन बवकासका लागि युरोपमा बिभिन्न देशहरुमा खेलेको भूमिका महत्वपूर्ण छ । अतिथिदेवो भव होस् या नमस्ने अभियानमा उनले सक्रिय सहभागिता जनाएर पर्यटन प्रवद्र्धनमा लागेका छन्। विभिन्न अभियान मार्फत रकम संकलन गरेर नेपालका ग्रामीण भेगका विद्यालयहरुमा ई–लाइब्रेरी सञ्चालनमा उनको योगदान अतुलनीय  छ।

एनआरएन अभियानमा नजिक भएर विद्यार्थी जीवनदेखि नै सक्रिय भएका थिए सापकोटा।  त्यो बेलाको दलीय सोचलाई बदलेर यो अभियानमा उनले बताए। मेरो अनुभवले कुनै पनि संस्था राम्रो र सबल तथा सक्षम हुनको लागि त्यहाँभित्रको आर्थिक पाटो निकै पारदर्शी हुन जरुरी छ। सापकोटाले भने

विदेशमा बस्ने नेपालीको सामुहिक लगानीको प्रत्याभूत गर्न, गैरआवासीय नेपाली संघले सञ्चालन गरेका परोपकारी योजनाहरुमा थप आवश्यक सहयोग संकलन गर्न आवश्यक हुने उनको भनाइ छ।  आर्थिक रुपमा दिगो बनाउने मेरो लक्ष्य छ। दीर्घकालीन र तत्कालीन गरी दुई प्रकारबाट कार्यक्रम सञ्चालन गर्ने योजना बनाएर अगाडि बढ्ने सापकोटा बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.