|

रुकुम : सानीभेरी नदीमा बगेर बेपत्ता भएका रुकुमको मुसिकोट नगरपालिका-१३, साधनचौरका ३८ वर्षीय गोविन्द केसीको शव भेटिएको छ।

सानीभेरी र ठुलोभेरी नदीको दोभान रिम्नामा उनको शव फेला परेको प्रहरीले बताएको छ। बुधबार सानीभेरी नदीमा दाउरा निकाल्ने क्रममा उनी बगेर बेपत्ता भएका थिए।

उनी बगेलगत्तै आसपासमा प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा खोजी कार्य जारी राखिएको थियो। ३ दिनपछि शव फेला परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.