|

काठमाडौं: साविकको जनरल फाइनान्सले बेस्ट फाइनान्स कम्पनीको नामबाट आफ्नो कारोबार सुरु गरेको छ। गत असोज २४ गतेदेखिनै बेस्ट फाइनान्सको नामबाट कारोबार सुरु गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

नेपाल राष्ट्र बैंकले यसअघि २०७० सालमा समस्याग्रस्त घोषणा गरेको जनरल फाइनान्समा नयाँ प्रवर्द्धन र सञ्चालकको आगमनसँगै समस्याग्रस्तबाट हटाइएको थियो। 'अहिले हामीले केही राम्रो गर्न खोजिरहेका छौं, काम पनि भइरहेको छ, तर, एकपटक समस्याग्रस्त भएपछि सधै त्यही छाप पर्ने देखियो, त्यसैले हामीले बेस्ट (राम्रो) कामको लागि बेस्ट फाइनान्स नाम राखेका हौं' अध्यक्ष पदमराज न्यौपानेले भने।

यो फाइनान्स कम्पनीमा गैर आवसीय नेपालीहरुको लागनी रहेको छ। 'विदेशमा बसेर ५२/५३ वर्षमा नेपाल फर्कने युवाहरुलाई घर फर्कदा हामीले राम्रो फाइदा दिन सकौं भन्ने उद्देश्‍य हाम्रो फाइनान्सको हो' फाइनान्सका मुख्य प्रवर्द्धक तथा गैर आवसीय नेपाली आरके शर्माले भने।

साथै बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्ति गर्ने पनि सहमति भएको छ। सिनर्जीको प्राप्तिपछि बेस्टको चुक्तापुँजी ७९ करोड रुपैयाँ पुग्ने छ। हाल बेस्ट फाइनान्सको निष्क्रिय कर्जा १५ प्रतिशत देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट