ब्रेल बुकहरु समयमै नपाउँदा दृष्टिविहीन विद्यार्थीलाई समस्या

|

  • अर्जुन बोहरा-

सिमकोट :  'स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ भन्ने नाराका साथ बिहीबार विश्व दृष्टि दिवस मनाएको  छ। हिमाली जिल्ला हुम्लामा  पनि हेड नेपाल नामक गैरसरकारी संस्थाले पूर्ण दृष्टिविहीन भएका २५ जना बलबलिकालाई  आवसीय रुपमा  ब्रेललिपीद्वारा शिक्षा, कमलशिलता कम्युटर तालिम लगायतका आयआर्जनसम्बन्धी तालिम दिएको छ।

लामो समयदेखि  हुम्लालगायत जिल्लाका  दृष्टिविहीन बालबालिकाहरु राज्यको पहुँचबाहिर रहेका छन्।  उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइरहँदा हुम्लाका अधिकांश गाउँमा दृष्टि गुमाएका बालबलिकाहरुको दु:खदायी जीवन बिताइरहेको कथा भेटिन्छ।

हुम्लामा अधिकांश गाउँघरमा अझै दृष्टिविहीन तथा शारीरक रुपम  अपांगता भएकाहरु अझै शिक्षाबाट वञ्चित भएका छन्। केही वर्षदेखि हुम्लाको सदरमुकाम सिमकोटमा न्यून दृष्टि, पूर्ण दृष्टि र शारीरिक रुपमा अपांगता  भएका बालबिलकालाई लक्षित गर्दै  विभिन्न चेतानामूलक कार्यक्रम स्वास्थ्य शिक्षालगायत हेडगृह पनि सञ्‍चालन  गर्दै आइरहेको छ।

हेड नेपालले सञ्‍चालन गरेको  हेड गृहमा ब्रेललिपिबाट अक्षर चिनेर अहिले  कक्षा ८ मा अध्ययन गरेको  सिमकोट गाउँपालिका-२ निवासी गोगरा बोहराले  बताइन्। दुवै आँखाको दृष्टि गुमाएकी बोहरा अहिले छडीको साहयताले नजिकैको  बजारमा रहेको बालमिन्दर माविमा पढन् जाने गरेको हेड नेपाल हुम्लाका कार्यकारी निर्देशक छिटुप लामाले बताए। अहिले हेड नेपालले सञ्‍चालन गरेको हेड भिजन गृहमा २५ जना पूर्ण दृष्टिविहीन बालबालिकालाई आवासको व्यवस्था गरेको छ।

सन् २०११ सालदेखि जिल्ला प्रशासन कार्यालयमा विधिवतमा रुपमा स्थापना भएको स्थानीय गैरसरकारी नाम संस्था हेड नेपाल हुम्लाले दृष्टिविहीन भएका  बालबालिकालाई  आवासीय रुपमा शिक्षा दिइरहेको समेत हेड नेपालका सञ्‍चालक समिति सदस्य कलम बुढाले बताए। बुढाका अनुसार अहिले न्यून तथा पूर्णदृष्टि भएका बालबालिका आवासीय राखेर ब्रेललिपिद्वारा शिक्षा, कम्प्युटर अन्य आयआर्जनका तालिमको समेत सञ्‍चालन गरेको बताए।

 अन्य क्षेत्रभन्दा हुम्लामा दृष्टिविहीन भएका बालबालिकालाई पठनपाठनको लागि  ब्रेललिपिलगायत सामग्री ल्याउनका लागि समस्या भएको हुँदा समयमै नेपाल सरकारले पाठयपुस्तक नछापिदिँदासमेत समस्या भएको  हेड नेपालकै फोकलपर्सन विमल विष्टले बताए। अहिलेसम्म हुम्ला मात्र नभई नेपालभरी ब्रेल बुकहरु समयमै नपाउने भएकोले पनि दृष्टिविहीन विद्यार्थीहरुले अध्यायनमा ग्राहो हुने भएको बताए।

 नेपालको संविधानमा राष्ट्रिय लिपिको रुपमा घोषणा भइसकेकोले पनि हुम्लामा दृष्टिविहीन भएका बालबालिका ब्रेल लिपिको फरमुलाअनुसार सिकाउने गरेको दृष्टिविहीन शिक्षक रामबहादुर ऐरीले बताए। आफू पनि पूर्णदृष्टिविहीन भएकोले पनि अन्य दृष्टिविहीन बालबालिकालाई सरकारले पाठयपुस्तक लगायतको शैक्षिक, आवास, विद्यालय सर्वशुलभ बनाएमा आफूले पढाउने वातवरण मिल्ने बताए।

विभिन्न कारणले दृष्टि गुमाएका बालबालिका अन्य बालबालिकासरह जीवन जिउनका लागि केही बालबालिकाको लागि हुम्लामा दृष्टिविहीनका लागि आवास खोलिदिएको छ।  दृष्टिविहीन भएका बालबालिकालाई अन्य बालबालिकासरह पठनपपाठन नहुने हुँदा हुम्लामा ब्रेललिपिद्वारा अध्ययन गराएको छ।

अहिले  आफ्नै आवासमा ब्रेल बुकको पुस्तकालयसमेत स्थापना गरेको छ। हेड नेपाल हुम्लाले दुईजना दृष्टिविहीन भएका  शिक्षकद्वारा दृष्टिविहीन भएका बालबालिकालाई अध्यापन गराएका छन्। अहिलेसम्म हुम्लामा पूर्णदृष्टिविहीन भएका २५ जना बालबालिकालाई आफ्नै आवासमा राखेको समेत हेड नेपालका  लेखापाल छोमु लामाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.