|
फाइल फोटो

काठमाडौं : सरकारले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको छ। स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले जनताले पाउने स्वास्थ्य सेवालाई अझै सहज बनाउने गरी सरकारले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी गरिरहेको जानकारी दिए।

शुक्रबार काठमाडौंमा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम सभा बैठकलाई सम्बोधन गर्दै उनले जनशक्ति उत्पादन गर्न र स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धानको कामलाई अघि बढाउन पनि ७ वटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको प्रस्ट पारे।

मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई अब स्थानीय तहमा रोजगारीको अवसर सिर्जना हुने पनि बताए। कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरुले प्रतिष्ठानका लागि आवश्यक जनशक्ति व्यवस्थापनको कामलाई पूर्णता दिन पनि मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.