|

दाङ : अवैध रुपमा एनसेलका सिम बिक्रीवितरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले २ जनालाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिको नागरिकता दुरुपयोग गरी एनसेलका सिम बिक्रीवितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले तुलसीपुर र घोराहीबाट २ जनालाई पक्राउ गरेको हो।

प्रहरीले तुलसीपुर उपमहानगरपालिका-६ निवासी २७ वर्षका बब्लुराज गुरुलाई २ सय ५० थान फोटो, विभिन्न व्यक्तिको ५० थान नागरिकता, सिमकार्ड निकाल्न प्रयोग गरिएका फारम २ सय ४७ थान, र ९ वटा सिम बरामद गरेको छ।

त्यसैगरी, घोराही उपमहानगरपालिका-१० सौरीकुरालाबाट २९ वर्षका नवराज शर्मालाई पक्राउ गरेको छ। जय गुरुदेव कस्मेटिक पसलबाट १० थान एनसेल सिमसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता भुवनेश्वर तिवारीले जानकारी दिए। पक्राउ परेका दुवैजनालाई प्रहरीले दूरसञ्चार ऐनसम्बन्धी मुद्दा चलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • किन यस्तो गलत काम गर्छन होला कम्पनिको नाम बदनाम गर्ने गरि