३ लाख १७ हजार जनसंख्यामध्ये १ लाख ९३ हजार बढीको मतदाता नामावली

|

उदयपुर : गएको असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मतदान गरेका मतदाताभन्दा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्नेको संख्या बढेको छ। २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख ९३ हजार ९ सय १३ मतदान गर्ने भएका हुन्।

स्थानीय तहको निर्वाचनमा जम्मा मतदता १ लाख ७१ हजार ४ सय ६१ थियो। अहिले २२ हजार ४ सय ५२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले उदयपुरले जानकारी दिएको छ। ‘स्थानीय तहको निर्वाचनमा १ लाख २१ हजार ९ सय ९७ मत खसेको थियो,’ निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी अर्जुन खड्काले भने, ‘४९ हजार ७ सय ७४ मत खसेको थिएन, तर, नयाँ मतदता २२ हजार ४ सय ५२ थपिएकाले केही बढ्ने देखिएको छ।’ खड्काका अनुसार स्थानीय तहको निर्वाचनमा मत खसाल्न नआएकाहरु यसपटक आउने भएका छन्।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचन कार्यालयले पुन मतदाता नामावली संकलन सुरु गरेको थियो। ‘स्थानीय तहको निर्वाचनमा भोट माग्न हिँडेकाले समेत भोट दिन पाएको देखिएन,’ कार्यालयका प्रमुख एकबहादुर बस्नेतले भने, ‘अहिले ती नयाँ मतदाता भोट हाल्ने पर्खाइमा मतदाता नामावली बनाएर बसेका छन्।’

बस्नेतका अनुसार ०६८ सालको जनगणनाको तथ्यांकअनुसार ३ लाख १७ हजार ५सय २७ जनसंख्या छ। जसमा उदयपुरमा एकजना तेस्रो लिंगी  मतदाता फेला परेकी छन्। उदयपुरमा महिला मतदाता ९५ हजार ८ सय ८९ र पुरुष ९८ हजार २३ मतदाता रहेको कार्यालय उदयपुरले जनाएको छ।

कुन क्षेत्रमा कति मतदाता?

नयाँ निर्वाचन क्षेत्र निर्धारणअनुसार उदयपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र कायम छ। कायम भएको यस जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन्। जसमा पुरुष ५६ हजार ८ सय ८८ र महिला ५७ हजार ६ सय ९७ छन्।

जसमा त्रियुगा नगरपालिका मात्र एक प्रदेश निर्वाचन क्षेत्र छ भने वेलका र चौदण्डीगढी नगरपालिका मिलेर अर्को प्रदेश निर्वाचन क्षेत्र कायम भएको छ। वेलका र चौदण्डीगढी नगरपालिका मिलेर बनेको प्रदेश निर्वाचन क्षेत्रमा ६१ हजार १९ मतदाता छन्। यसैगरी त्रियुगा नगरपालिका मात्र रहेको प्रदेश निर्वाचन क्षेत्रमा ५३ हजार ५ सय ६७ मतदाता रहेको कार्यलयले जानकारी दिएको छ।

यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत दुई प्रदेश निर्वाचन क्षेत्र छन्। यहाँ जम्मा मतदाता ७९ हजार ६ सय ३६ छन। कटारी नगरपालिका र ताप्ली गाँउपालिका मिलेर एक प्रदेश निर्वाचन क्षेत्र कार्यम भएको छ। जहाँ ४१ हजार ९ सय ८२ मतदाता छन।

सुनकोसी, रौतामाई र उदयपुरगढी गाँउपालिका मिलेर अर्को प्रदेश निर्वाचन क्षेत्र कायम भएको छ। जहाँ जम्मा मतदाता ३६ हजार ३७ हजार ३ सय ४५ मतदाता छन्। निर्वाचनलाई स्वच्छ, शान्ति र एवं धाँधलीरहित सम्पन्न गर्न दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको सूचना अधिकारी खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.