राजनीति

तुलसीपुरमा तासको खालबाटै ११ जुवाडे पक्राउ
SHARES

असोज २७, २०७४

    दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरले बिहीबार राति ११ जना जुवाडेलाई पक्राउ गरेको छ। राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ वरुवागाँउस्थित टाइसन चौधरीको घरबाट उनीहरुलाई ७० हजार ५ सय ३० रुपैयाँसहित पक्राउ गरेका हुन्।

    प्रहरी निरीक्षक रमेश विष्ट नेतृत्वको टोलीले जुवा खेल्न प्रयोग गरिएको ताससहित उनीहरुलाई पक्राउ गरेको र हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको डीएसपी राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ दोघरेका ठाकुरप्रसाद गिरी, बेलुवाका कुलबहादुर डाँगी, भागीराम सार्की, वीरबहादुर सार्की, नयाँ बसपार्कका तेजबहादुर खड्का, आदर्श नगरटोलका बमबहादुर घर्ती, घरधनी टाइसन चौधरी र कमल चौधरी रहेका छन्।

    यस्तै पुरानो बसपार्कका सन्दीप शेर्पाइली, कटकुइयाका किसन चौधरी र तुल्सीपुर ७ का श्याम घिमिरे पनि पक्राउ परेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]