प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति

प्रधानमन्त्रीले निर्वाचन आयोगमा भने : चुनाव हुन्छ, हुन्छ हुन्छ
SHARES

असोज २७, २०७४

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमा चुनाव हुनेमा बताएका छन्। शुक्रबार निर्वाचन आयोगमा पत्रकारहरुलाई चुनावबारे एक वाक्यमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले भने 'चुनाव हुन्छ, हुन्छ हुन्छ।'

    आयोगमा निर्वाचन आचार संहिताप्रति शीर्ष नेताहरुले प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा सहभागी भएर बाहिरिएका देउवाले चुनावबारे विश्वस्त हुन आग्रहगरेका हुन्।

    आयोगको कार्यक्रममा सुरुमा नै धारणा राखेर प्रधानमन्त्री देउवा बाहिरिएका थिए। उक्त कार्यक्रममा प्रधानमन्त्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा मालेका अध्यक्ष सीपी मैनाली लगायत सहभागी थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]