|

कालिकोट : नेकपा माओवादी केन्द्र कालिकोटको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु चयन गरेको छ। शुक्रबार बसेको जिल्ला समितिको बैठकले प्रतिनिधिसभाका लागि उर्जामन्त्री महेन्द्रबहादुर शाही, जिल्ला अध्यक्ष दुर्गाबहादुर रावत र लक्ष्मी चौलागाईलाई सिफारिस गरेको छ।

प्रदेशसभाका लागि निर्वाचन क्षेत्र ‘क’ प्रत्यक्षतर्फ धनजित शाही, गणेश शाही र खेमबहादुर सिंहलाई सिफारिस गरेको छ। समानुपातिकतर्फ कृष्णप्रसाद आचार्य, कृष्णकला शाही र शान्ति सिंहलाई सिफारिस गरेको छ।

त्यस्तै, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र ‘ख’मा पार्टीका जिल्ला इन्चार्ज जीवन बुढा, प्रकाश रोकाया र बिष्णुबहादुर बिकलाई सिफारिस गरेको छ। समानुपातिक टुङ्गो नलागेको माओवादी केन्द्रको जिल्ला समितिले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.