माथिल्लो कर्णाली र पश्चिम सेतीको निर्माण अनुमति खारेज हुने

|

कालिकोट : नेपाल सरकारका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली परियोजना र पश्चिम सेतीको निर्माण अनुमति लिएका कम्पनीको लाइसेन्स खारेज गर्ने बताएका छन्।

 प्रेस सेन्टर कालिकोटले शुक्रबार गरेको पत्रकार सम्मेलन ऊर्जामन्त्री शाहीले लामो समयदेखि लाइसेन्स लिएर निर्माण कार्य होल्ड गरेका तर, काम नबढाएका कारणले लाइसेन्स खारेज गर्ने बताएका हुन् ।

ऊर्जामन्त्री शाहीले निर्माण कम्पनीको अनुमति लगानी बोर्डमार्फत माथिल्लो कर्णाली परियोजना, पश्चिम सेतीको भएकाले केही अप्ठयारो भएको तर, त्यसको लागि मन्त्री परिषद्मा लिएर भएर पनि खारेज गरी छाड्ने बताए। ‘लगानी बोर्डका अध्यक्षमा प्रधानमन्त्री रहेका छन्।’ उनले भने, ‘माथिल्लो कर्णाली परियोजना र पश्चिम सेती परियोजना खारेज गरेरै छाड्छु।’

पश्चिम सेती परियोजनामा यसअघि, सन् १९९४ मा अस्ट्रेलियन कम्पनी स्मेकले ७ सय ५० मेगावाट क्षमताको परियोजना निर्माण गर्न नेपाल सरकारबाट अनुमति पाएको थियो। तर, स्मेक कम्पनीले लगानी जुटाउन नसकेपछि निर्माण हुन सकेन।

 सरकारले स्मेकको अनुमति रद्द गरी चिनियाँ कम्पनी थ्री गर्जेजलाई अनुमति दिएको थियो। काम अगाडि बढाउन नसकेका कारणले निर्माण अनुमति रद्द गर्न जरुरी रहेको मन्त्री शाहीले बताए। ‘निर्माणको जिम्मा लिएको धेरै भयो।’ उनले भने, ‘निर्माण जिम्मा लिने काम नगर्ने कम्पनीको अनुमति रद्द गरिनुपर्छ।’

माथिल्लो कर्णाली परियोजना र पश्चिम सेती परियोजना निर्माण अनुमति खारेज गरेर नेपालीकै लगानी बनाउने बताए। ‘दुवै परियोजना खारेज गरेर नेपाल नै लगानी बनाउने तयारी थालेका छौं।’ उनले भने, ‘त्यसका लागि नयाँ कार्यविधि बनाउने तयारी भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.