|

वीरगञ्ज : नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनको लागि पर्साबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा एमालेको प्रादेशिक र प्रतिनिधिसभा उम्मेदवार छनोट कमिटीको बैठकले पर्साको ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तर्फको सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो।

पर्सा क्षेत्र नं १ बाट सांसद विचारी यादव, जुनैद अन्सारी, क्षेत्र नं २ बाट सांसद राजकुमार गुप्ता र रामचन्द्र साह क्षेत्र नं ३ बाट सांसद नागेन्द्र चौधरी र क्षेत्र नं ४ बाट सांसद जयप्रकाश चौधरीको नाम सिफारिस गरेको एमाले पर्साको संयोजक प्रभु हजराले जानकारी दिए।

यस्तै प्रदेशसभाको लागि प्रत्यक्ष तर्फ पर्सा क्षेत्र नं १ को ख बाट दिनेशचन्द्र गिरीको नाम पठाइएको छ भने क बाट कसैको पनि नाम पठाइएको छैन। क्षेत्र नं २ को क बाट सांसद रामचन्द्र साह, मोहन यादव, श्रीनिवास साह, ‘ख’बाट मनोज चौधरीको नाम सिफारिस भएको छ।

क्षेत्र नं.३ को ‘क’ बाट जसवन्त यादव, रामबाबु यादव र ‘ख’बाट तेजप्रकाश सहनीको नाम सिफारिस भएको छ। क्षेत्र नं.४ को ‘क ’बाट खड्कबहादुर श्रेष्ठ, घनश्याम महत, गंगा खड्का र क्षेत्र नं ४ को ‘ख’ बाट नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष तथा प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारीको नाम सिफारिस भएको पर्सा क्षेत्र नं ४ ख को प्रदेश क्षेत्र स्तरीय संयोजक गंगा खड्काले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.