|

बर्दिया : निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याको विरोध गर्दै बर्दियाका निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। हत्याराको यथासिघ्र खोजी गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै बर्दियाका निर्माण व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध र्‍याली निकालेका हुन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यारा पत्ता लगाई कारवाही गर्न आफुहरुले सरकारसँग माग गरको निर्माण व्यवसायी संघ बर्दियाका उपाध्यक्ष दुर्गा बहादुर विष्टले बताए।

कालोपट्टी वाँधेर व्यवसायिक सम्पूर्ण काम ठप्प गर्दै आन्दोलनमा उत्रिएको उनले बताए। व्यवसायिहरुले निर्माण व्यवसायीमाथि दिन दहाडै गोली प्रहार हुनु राज्यलाई सुरक्षा चुनौती भएको बताए। गौचन माथि भएको गोली प्रहारको घटनाले व्यवसायीलाई त्रसित बनाएको उनीहरुको भनाइ छ। 

सोमबार दिउँसो काठमाडौंको बानेश्वरमा गौचनमाथि गोली प्रहार भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.