|

जाजरकोट :  सरुवा भएर जाँदा कार्यालयको गाडी समेत लिएर गएका सिञ्चाई विकास सव डिभिजन कार्यालय जाजरकोटका डिभिजन प्रमुख थलबहादुर तामाङबाट जिल्ला प्रशासन कार्यालयले गाडी फिर्ता लिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको सहयोगमा कोहलपुर चिसापानीबाट उक्त गाडी नियन्त्रणमा लिइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए।

डिभिजन प्रमुख तामाङको रामेछाप सरुवा भएको छ। सिञ्चाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले सिञ्चाई विकास सव डिभिजन कार्यालय जाजरकोटलाई गत वैशाखमै गाडी उपलब्ध गराएको थियो। तर कार्यालय प्रमुख तामाङले चिठी लुकाएर हालसम्म कार्यालयमा गाडी दाखिला नगरेर निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए।

बा २ झ २५९८ नम्बरको गाडी नेपालगञ्जबाट शुक्रबार नै फिर्ता गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए। ‘कार्यालय प्रमुखको नियत खराब देखियो। गाडी ल्याएको ६ महिनासम्म पनि कार्यालयमा दाखिला नगरेको र सरुवा भएर जाँदा स्थानीय प्रशासनको अनुमति नलिई सरुवा भएको कार्यालयमै गाडी लैजान खोजेकोले गाडी नियन्त्रणमा लिएका हौं’ प्रजिअ शाहीले भने ‘गाडी रामेछाप नै लैजाने र सोर्स फोर्स लगाएर उतै गाडी राख्ने नियत देखियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.