विश्व

क्यालिफोर्नियामा डढेलोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
SHARES

असोज २७, २०७४

    सान फ्रान्सिस्को : अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ। डडेलोका कारण कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ।

    गएको आइतबार साँझबाट जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेको थियो। अहिलेसम्म यो डढेलो ७६ हजार हेक्टर जमिनमा फैलिएको छ।

    यसअन्तर्गत जङ्गल, स्थानीय घर पसल तथा भवनका साथै ठूलो मात्रामा क्यालिफोर्नियाको अंगुर खेती परेको छ। क्यालिफोर्नियालाई अंगुर र वाइनको सहर भनिन्छ। 

    अधिकारीहरुले जनाएअनुसार यो डढेलोले स्थानीय नागरिकका घर तथा व्यापारिक भवनहरुगरी कम्तीमा पनि तीन हजार ५०० जलाएर खरानी बनाएको छ।

    गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या शुक्रबार बिहानसम्ममा ३१ पुगेको र अझै अरु कैयौँ व्यक्ति हराइरहेका बताइएको छ।

    डढेलो अहिले पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको सबैभन्दा ठूलो क्षति भनेका छन्। 

    बिहीबार पनि आगो नियन्त्रणका लागि ठूलो प्रयास भएको थियो। तर हावा चलेको र आगोको लप्पकाहरुका साथै तुवाँलो र हावाका कारण आगो नियन्यण तथा उद्दारमा कठिनाई सिर्जना भएको अधिकारीहरुले बताएका छन्।

    'करिब आठ हजार जना अग्नि नियन्त्रकले काम गरिरहेका छन्। तर आगो नियन्त्रणको काम अत्यन्तै कठिन भइरहेको छ,' उद्दारकार्यमा खटिएका एक अधिकारीले भने।

    उक्त राज्यको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ। उक्त काउन्टीमा मात्र २० जनाको ज्यान गएको छ। त्यसैगरी सो जिल्लाबाट धेरै व्यक्ति हराएका छन्।

    डढेलोका कारण प्रभावित भएका कम्तिमा पनि ३० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ।

    हजारौँ स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन्। करिब ३० हजार जना घरबारविहीन भएका छन्। (एपी)

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]