काठमाडौं : ललितकला क्षेत्रमा सडक बालबालिकाहरुको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यले विभिन्न संघ संस्थाको सहयोगमा शुक्रबारदेखि काठमाडौंमा 'स्ट्रिट एण्ड वियोण्ड' नामक कला प्रदर्शन सुरु भएको छ।
सिदार्थ आर्ट ग्यालरी र कमिक रिलिफको सहयोगमा सिदार्थ आर्ट ग्यालरीमा गरिएको कला प्रदर्शनीमा सडक बालबालिकाहरुले बनाएका र आफूले भोगेका अनुभवहरु चित्रकलामा उतारेका छन्। आइतबारसम्म प्रदर्शनीमा राखिने र ती चित्रकलाहरु पुस्तकको रुपमा प्रकाशन गर्ने आयोजकले जानकारी दिएको छ।
चित्रकला प्रदर्शनीले सडक बालबालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने र उनीहरुको वृत्ति विकासमा टेवा पुर्याउने आयोजकले उद्देश्य लिएको छ।
हेर्नुस् चित्रकलाका केही फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।