|

काठमाडौं : सभामुख ओनसरी घर्तीमगरले संसद बैठकमा लगातार १० पटक भन्दा बढी अनुपस्थित हुने २३ सांसदको नाम सार्वजनिक गरेकी छन्। शुक्रबारको संसद बैठकमा धेरै अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेकी हुन्।

२०७४ जेठ ८ गते सुरु भएको बजेट अधिवेशनमा सबैभन्दा बढी हाल राप्रपा प्रजातान्त्रिक दलमा रहेका सांसद रामकुमार सुब्बा २३ वटा बैठकमा अनुपस्थित भएका छन्। त्यस्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल २८ वटा बैठकमा अनुपस्थित भएकी छन्।

नेपाल लोकतान्त्रिक फोरमका सांसद डा. बाबुराम पोखरेल २७, सांसद गौरीकुमारी आले २३, जयन्त चन्द १९, डिल्लीप्रसाद काफ्ले १७  बैठकमा अनुपस्थित भएका छन्।

त्यस्तै सांसदहरु सुधीर शिवाकोटी १०, सुजाता परियार १०, बलबहादुर केसी १०, विष्णु पौडेल ११, मिलनकुमारी राजवंशी ११, रुक्मिणी चौधरी ११, शरदकुमार अग्रवाल ११, हरिलाल राजवंशी ११, कल्पनादेवी महतो ११, कविताकुमारी सरदार १२, धनबहादुर घले ११, रवीन्द्रप्रताप शाह ११, कुलबहादुर गुरुङ १३, नरहरि आचार्य ११, पदमनारायण चौधरी ११ र अमियकुमार यादव १२ वटा बैठकमा अनुपस्थित भएङ्का संसद सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.