समाज

‘गंगेश्वरी जागरण पुरस्कार’ दाहाल यज्ञनिधिलाई
SHARES

असोज २७, २०७४

    काठमाडौँ: ‘गंगेश्वरी प्रतिष्ठान’द्वारा प्रत्येक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको ‘गंगेश्वरी जागरण पुरस्कार, २०७४’ पहिलो पटक रेडियोकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदान गरिने भएको छ। 

    १० हजार रुपैयाँ राशि रहेको उक्त पुरस्कार समाजमा रहेका जातीय, धार्मिक, लैंगिक तथा कुसंस्कार–कुरीतिजन्य अन्धविश्वास र विभेदहरूका विरुद्ध अविच्छिन्न रूपमा निर्भीकतापूर्वक जागरण अभियान चलाउँदै विशिष्ट योगदान पु¥याएवापत दाहाललाई प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

    पुरस्कार सामाजिक रूपान्तरणका लागि सांस्कृतिक जागरणका पक्षमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रदान गर्ने उद्दश्यले स्थापना गरिएको प्रतिष्ठानका संस्थापक रामदेव पाण्डेले जानकारी दिएका छन्। 

    डा. रामप्रसाद ज्ञवाली संयोजक तथा डा. देवी नेपाल, धीरकुमार श्रेष्ठ, कमलप्रसाद पोखरेल र आनन्द तिवारी सदस्य रहेको प्रतिभा छनोट समितिले यस वर्षका लागि दाहाल यज्ञनिधिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। दाहाल यज्ञनिधिले प्रजातन्त्रकालमा मात्र नभई पञ्चायतकालमा सरकारी सेवामा रहेको समयमा समेत जनविरोधी सत्ता र भेदभावमुखी कुरूपताका विरुद्ध रेडियो तथा साहित्यिक अभिव्यक्तिका माध्यमबाट साहसपूर्ण जागरणमुखी अभियान चलाएको र अहिले खस्कँदो स्वास्थ्यको स्थितिमा पनि त्यो अभियान नछाडेको हुँदा यस पटकका लागि उनलाई सर्वसम्मतिले छनोट गरिएको पुरस्कार संयोजन समितिका संयोजक डा. ज्ञवालीले बताएका छन्।

    अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ठूलापोखरा निवासी समाजसेवी दम्पती गंगादेवी पाण्डे र ईश्वरीप्रसाद पाण्डेको सम्झनामा स्थापित गंगेश्वरी प्रतिष्ठान समाज सेवाका साथै समाजमा प्रचलित कुप्रथा, कुरीति, कुसंस्कार र अन्धविश्वासका विरुद्धको अभियानमा समर्पित संस्था हो। 

    प्रतिष्ठानले गंगेश्वरीका नाति प्रकाश पाण्डे र नातिनी बुहारी सुमी न्यौपाने पाण्डेको प्रगतिशील विवाहको अवसरमा २०७३ असोज २७ गते यस पुरस्कारको घोषणा गरी संस्थागत रूपमा सामाजिक रूपान्तरणका लागि सांस्कृतिक जागरणको अभियानलाई अघि बढाइएको प्रतिष्ठानले जनाएको छ।

    प्रतिष्ठानले सिद्धान्त, आदर्श, विचार र कुरामा मात्र नभई व्यवहारतः अन्धविश्वासजन्य सामाजिक विभेद र रुढीहरूका विरुद्ध वैज्ञानिक आधारमा लागिपरेका अभियन्ता, पत्रकार, लेखक, आविष्कारक या सोसँग सम्बन्धित सामाजिक, सांस्कृतिक, साहित्यिक संस्थाहरूलाई सम्मान तथा पुरस्कृत गर्ने लक्ष्य लिएको प्रतिष्ठानका संस्थापक पाण्डेले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]